रक्षामन्त्रीको विदेश यात्रा रोकियो
तिहारमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का दुबई जान लाग्नुभएको थियो । तर, जाजरकोट भूकम्पका कारण यतै रोकिनुभएको छ ।
आगामी सोमबारदेखि शुक्रबारसम्म हुन लागेको दुबई एअर शोमा भाग लिन रक्षा मन्त्रालयले आवश्यक तयारी पूरा गरिसकेको थियो । क्याबिनेटले पहिले नै मन्त्री खड्का सहभागी हुनेबारे निर्णय गरेको पनि हो ।
उक्त शोमा ९५ मुलुकको तर्फबाट १४ सयभन्दा बढी विश्वस्तरीय हवाई उडान प्रदर्शनी गरिने कार्यक्रम छ । १८० भन्दा बढी अत्याधुनिक व्यापारिक,निजी र सैन्य विमान पनि प्रदर्शनमा राखिँदैछ ।
नौ वटा सम्मेलनमा विमान र हवाई उडानबारे तीन सयभन्दा बढी वक्ताले धारणा राख्ने उक्त कार्यक्रममा ३९० भन्दा बढी सैन्य तथा नागरिक उड्डयन क्षेत्रका आमन्त्रित सहभागी हुने कार्यक्रम छ ।
टिप्पणीहरू