मन्त्रीको तलब तीन जिल्लाका भूकम्प पीडितलाई
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो एक महिनाको तलब भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडितको सहयोगार्थ स्थापित राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्ने उहाँले बताउनुभएको हो ।
गत शुक्रबार मध्यराति जाजरकोटलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पले कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न जिल्ला प्रभावित भएका छन् । जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
सल्यानका सांसदसमेत रहनुभएका मन्त्री ज्वालाले पीडितहरूको राहत र उद्धारका निम्ति सरकारी राहत कोषमा एक महिनाको तलब जम्मा गर्न लाग्नुभएको हो ।
टिप्पणीहरू