‘दुर्गा प्रसाईंको कार्यक्रम बिथोल्न राज्यशक्ति नै लाग्यो’

‘दुर्गा प्रसाईंको कार्यक्रम बिथोल्न राज्यशक्ति नै लाग्यो’

ॐकार सेना नेपालले राष्ट्रवादी शक्तिहरुलाई राज्य पक्षबाट र मूलधारका राजनीतिक दल एवम् तिनका भ्रातृ संगठनहरुले विभिन्न किसिमले दुःख दिएको आरोप लगाएको छ । उसले त्यसतर्फ आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आवश्यकता परेमा तत्काल प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।

विज्ञप्ति जारी गर्दै संगठनले राज्य पक्ष वा जुनसुकै राजनीतिक दलले राष्ट्रवादी शक्तिलाई दुःख दिने, झुटा मुद्दाहरु लगाउने काम तुरुन्त बन्द गर्नुपर्ने माग गरेको छ । साथै महा–अभियानको पूर्व निर्धारित कार्यक्रम भाँड्ने कुचेष्टा गरे जुनसुकै शक्तिविरुद्ध प्रतिकारमा उत्रने चेतावनी दिइएको छ ।

‘मुलुकको पछिल्लो राजनीतिक घटनाक्रममा राष्ट्रवादी शक्तिहरु र राष्ट्रघाती शक्तिहरुबीच ध्रुवीकरण हुँदै गएको व्यहोरा जगजाहेर नै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसै अनुरुप राष्ट्रवादी शक्तिहरुलाई राज्य पक्षबाट र मूलधारका राजनीतिक दल र तिनका भ्रातृ संगठनहरुले विभिन्न किसिमले दुःख दिँदै आएको कुराप्रति यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महा–अभियानको पूर्वनिर्धारित कार्यक्रम बिथोल्न राज्य नै लागि परेको ॐकार सेनाले जनाएको छ । अभियानका क्रममा राजनीतिक दलका भ्रातृ संगठनहरु लागि परेको उसको ठहर छ ।

टिप्पणीहरू