देवचुली जिप दुर्घटनामा बितेका सातै जनाको परिचय खुल्यो

देवचुली जिप दुर्घटनामा बितेका सातै जनाको परिचय खुल्यो

पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ मा भएको जिप दुर्घटनामा मृतक सातै जनाको परिचय खुलेको छ । तीमधये छ जनाको घटनास्थलम र एक जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार कावासोती नगरपालिका १६ का १७ वर्षीय अश्विन गैरे, बुलिङ्टार गाउँपालिकाकी १२ वर्षीया करिश्मा ठाडा र ४० वर्षीय कमला वानटक्की र मध्यविन्दु नगरपालिका २ का १८ वर्षीय चिरन अर्यालको निधन भएको छ ।

त्यसैगरी जिप चालक बौदीकाली गाउँपालिका ६ का २९ वर्षीय छनबहादुर आले मगर, कुमारी रानामगर, टेकमान वानटकी मगर पनि बितेका छन् । 

अरु सबैको घटनास्थलमा र चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो । लु.१ज ३२७० नम्बरको जिप तीव्र गतिको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

टिप्पणीहरू