रकेट बम र दियोका कारण पसलमा आगलागी, लाखौंको क्षति

रकेट बम र दियोका कारण पसलमा आगलागी, लाखौंको क्षति

हिजो राति सुुनसरी र बाँकेमा आगलागी भएको छ । लक्ष्मीपूजाको क्रममा भएका ती आगलागीबाट लाखौंको क्षतिको अनुमान गरिएको छ ।

सुनसरी सदरमुकाममा वृद्धिचन जैनको किराना पसलमा गएराति आगलागी भएको हो । प्रहरीका अनुसार स्थानीयले पड्काएको रकेट बमको कारण पसलमा आगो सल्केको हो ।

आगो निभाउन इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका दमकलसहित स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरी सहभागी भएका थिए । 

उता, नेपालगञ्जको घरबारी टोलस्थित सौगात इलेक्ट्रो हबमा पनि गएराति आगलागी भएको छ । नेपालगञ्जमा लक्ष्मीपूजामा प्रयोग गरिएको दियो वा बिजुली सर्टमध्ये एक कारणबाट आगलागी भएको प्रहरीको भनाई छ ।

हिजो बाँकेको खजुराको एउटा हार्डवेयर पसलमा पनि आलागी भएको छ । खजुरा ५, धनौली नजिकैको विष्णु वर्माले सञ्चालन गर्दैआएको धनौलीको बर्मा हार्डवेयरमा आगलागी भएको हो । पसलमा रहेको अधिकांश सामान जलेर नष्ट भएको छ ।

टिप्पणीहरू