प्रधानमन्त्रीद्वारा कालापत्थरमा झण्डोत्तलन

प्रधानमन्त्रीद्वारा कालापत्थरमा झण्डोत्तलन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सगरमाथा नजिकैको कालापत्थर पुग्नुभएको छ । उहाँ बिहान सवा ७ बजे नेपाली सेनाको कल साइन एनए ०५७ एमआई १७ हेलिकोप्टरमा बालुवाटारबाट त्यता जानुभएको हो ।

सोलुखुम्बुको कालापत्थरमा नेपाल पर्वतारोहण संघको स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रधानमन्त्रीसहित १४ जनाको टोली बालुवाटारबाट त्यता गएको बताइएको छ ।

टिप्पणीहरू