नेपाल र यमन रंगशालामा भिड्दै, टिकट मूल्य दुईथरी

नेपाल र यमन रंगशालामा भिड्दै, टिकट मूल्य दुईथरी

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपाल र यमनबीच भोलि काठमाडौंमा प्रतिस्पर्धा हुँदैछ । 

दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ७ बजे हुनेछ । नेपाल फिफा वरियतामा १७३ औँ स्थानमा र यमन १५६ औँ स्थानमा छ । भोलिको खेलको निम्ति टिकटदर साधारणतर्फ चार सय र भिआईपीतर्फ एक हजार मूल्य तोकिएको छ । 

विश्वकप एसिया छनोटको दोस्रो चरणमा नेपाल रहेको समूह ‘एच’ मा युएई, बहराइन र यमन छन् । यसअघि कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलले पराजित भएको थियो ।

टिप्पणीहरू