काठमाडौंमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको तयारी

काठमाडौंमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको तयारी

काठमाडौं महानगरपालिकाले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान मनाउन अनुरोध गरेको छ । 

महानगरपालिकाले आज सम्पूर्ण वडा कार्यालयलाई परिपत्र गर्दै ‘लैङ्गिक हिंसाको अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारासहित अभियान मनाउन लिखित अनुरोध गरेको हो । 

महानगरभित्र महिला सदस्यको संयोजकत्वमा गठन भएका सबै महिला सञ्जालको नेतृत्वमा आआफ्ना वडामा महिला हिंसाविरुद्ध काम गर्दै आएका विभिन्न संस्थाहरुसँग समन्वय गरेर विभिन्न कार्यक्रमका साथ अभियान मनाउन महानगरको आग्रह छ । 

साथै, ती कार्यक्रमको प्रतिवेदन महानगरको सामाजिक विकास विभागमा पठाउन परिपत्रमा लेखिएको छ ।

टिप्पणीहरू