चिनी नभा’को दशैँ
गत दशैँ र तिहार अलि खल्लो भयो । खल्लो किनभने बजारमा चिनी किन्न पाइएको थिएन । चिनी नभएको दशैँ कसरी गुलियो होला, चिनी नभएको तिहार कसरी मिठो होला । मुख्य कुरो चिनी न हो, जो बजारमा छैन ।
मैले यही दुःख मित्र भजनलाललाई भनेको थिएँ । तर, उनी कड्किए । बजारमा चिनी किन्न पाइँदैन भन्न हुँदैन भन्ने उसको भनाइ थियो ।
भजनलालले भन्यो, ‘तिमी त्यही सय रुप्पेवाला चिनी खोज्न गयौ होला, अनि भेटिएन । सय होइन, डेढ सय ति¥यौ भने फालाफाल पाइन्छ ।’मैले भनेँ, ‘डेढ सय त बढी भएन ? यो त कालाबजारी भयो ।’
उसले भन्यो, ‘बजार कालो भए पनि रातो भए पनि तिमीलाई के ? चिनी सेतो भए पुगेन ?’
‘अनि ?,’ उसले थप्यो, ‘तिमी डेढ सय नतिर्ने, अनि चिनी पाइएन भनेर आफैँ कराउने ? चिनी त बजारमा फालाफालै थियो । बरु काला व्यापारीसँग किन्नुपथ्र्याे । व्यापारीसँग त प्रशस्तै थियो ।’
टिप्पणीहरू