सरकारको हाइसञ्चो

सरकारको हाइसञ्चो
सुन्नुहोस्

राजावादीहरूको आन्दोलन चर्किएपछि गणतन्त्रवादीहरू तर्सिएला कि भनेको त उल्टो राहत पो मिलेछ । अहिले देशमा गणतन्त्रविरुद्ध मात्र होइन, नेताहरूले गरेका अनियमित कामविरुद्ध पनि आन्दोलन चर्किरहेको छ ।

मानिसहरू भ्रष्टाचारका कारण दिक्क छन्, ढिलासुस्तीका कारण दिक्क छन्, महँगीका कारण दिक्क छन् । तर त्यसरी दिक्क भएका जति सबैलाई सरकारले अहिले ट्याग लगाउन थालेको छ– लोकतान्त्रिक गणतन्त्रविरोधी ! सरकारले भ्रष्टाचार ग¥यो भनेर आरोप लगायो कि नेताहरूले भनिहाल्छन्– यो त गणतन्त्रविरोधी रहेछ, त्यसैले सरकारको आलोचना गरिरहेछ । कसैले सरकार निकम्मा छ भन्यो कि मन्त्रीहरूले आरोप लगाइहाल्छन्– यो त संघीयताविरोधी रहेछ । केही भन्नै हुन्न ।

कि गणतन्त्रविरोधी, संघीयताविरोधी । अहिले त गणतन्त्रवादीलाई हाइसञ्चो भएको छ । सरकार जसरी चलाए पनि भयो । कसैले विरोध गर्‍यो कि त्यसलाईगणतन्त्रवादी भनिदियो, सकियो ।

अहिले मान्छेहरू आफूलाई गणतन्त्रवादी भन्ला कि भनेरै सरकारको आलोचना गर्न डराइरहेका छन् । सरकारले भ्रष्टाचार गरेको प्रत्यक्षै देखे पनि केही भन्न मिल्दैन । भन्यो कि गणतन्त्रविरोधी भइन्छ । अनि त सबै चुप । सरकारलाई पो आनन्द ।  
 

टिप्पणीहरू