युरोपेली आकाशमा उड्न नेपाली विमानमाथि लागेको प्रतिबन्धमा प्राधिकरण जिम्मेवार
नेपाल वायुसेवा निगमले युरोपको आकाशमाथि नेपाली वायुसेवा कम्पनीको उडानमा लगाइएको प्रतिबन्ध निरन्तरतामा आफ्नो कुनै भूमिका नरहेको जनाएको छ ।
नागरिक उड्डयन सम्बन्धी न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरु नेपालमा लागुु गर्ने जिम्मेवारी नेपाल नागरिक उड्डयन प्राधिकरणको भएको स्पष्ट पारेको छ ।
नेपाललाई इयुले सेफ्टी लिस्टबाट नहटाएको सम्बन्धमा निगमको कुनै भूमिका नभएको प्रष्ट पार्दै जारी विज्ञप्तिमा २९ नोभेम्बरका दिन प्राधिकरणलाई इयुले पठाएको पत्र र निगमलाई दिइएको बोधार्थमा नागरिक उड्डयन सम्बन्धी न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरु नेपालमा लागुु गर्ने सम्बन्धमा प्राधिकरणको क्षमताप्रति इयु विश्वस्त हुन नसकेको उल्लेख छ ।
यस सम्बन्धी निगमको पाँच पृष्ठ लामो विज्ञप्ति हेरौं :
टिप्पणीहरू