भारतीयको साथमा हिरा, राति दक्षिणकालीमा फेला

भारतीयको साथमा हिरा, राति दक्षिणकालीमा फेला
सुन्नुहोस्

प्रहरीले अवैध हिरा बोकेको अभियोगमा एक जना भारतीयलाई पक्रेको छ ।    दक्षिणकाली नगरपालिका–५, फर्पिङबाट तीन लाख २७ हजार ३३९ रूपैयाँ बराबरको अवैध हिरासहित काठमाडौं सुन्धारा बस्ने पश्चिम बंगालका ४४वर्षीय सञ्जय मैतीलाई गएराति नियन्त्रणमा लिइएको बताइएको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४७७ नम्बरको टाटा सुमोलाई फर्पिङ चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई भन्सार छलेर ल्याएको अवस्थामा हिरासहित पक्रिएको हो । खरिद गरिएको बील देखाउन आग्रह गरेपनि मैतीले बील नदेखाएपछि नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ ।

सुनचाँदी व्यवसायी संघको रोहबरमा परीक्षण गर्दा उक्त टुक्रा असली हिरा भएको बताइन्छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू