अध्यक्षलाई बलात्कारको आरोप

अध्यक्षलाई बलात्कारको आरोप

सुर्खेतमा नेपाली कांग्रेस सिम्ता गाउँपालिकाका सभापति वीरेन्द्र रावतलाई बलात्कार आरोप लागेको छ ।

स्थानीय ५५ बर्षिया महिलाले आफूलाई  बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी छन् । यता सुर्खेत प्रहरीले भने उजुरी परेको पुष्टि गरेको छ ।  १५ दिन भइसक्दा पनि आरोपी पक्राउ नपरेको पीडितको भनाई छ ।

यसअघि उनले ईलाका प्रहरी कार्यालय छिन्चुमा उजुरी दिँदा प्रहरीले दर्ता गर्न मानेको थिएन । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको यति लामो समय भइसक्दा समेत प्रहरीले राजनीतिक पहुँचको आधारमा आरोपीलाई सामान्य सोधपुछसमेत गरेको छैन । दलको प्रमुख व्यक्तिबाट यस्तो घटना हुँदासमेत प्रहरीले आफ्नो कुरा नसुनेको पीडितको गुनासो छ ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने उजुरी दर्ता भएको भन्दै आफूहरु अनुसन्धानकै क्रममा रहेको जनाएको छ । प्रहरी प्रवक्ता एवम डिएसपी लक्ष्मणबहादुर शाहीले प्रमाण जुटाएर अदालत पठाउने तयारी भएको बताए ।

टिप्पणीहरू