स्रोत नखुलेको लाखौं रुपैयाँ नवलपरासीमा फेला

स्रोत नखुलेको लाखौं रुपैयाँ नवलपरासीमा फेला

नवलपरासी पश्चिममा स्रोत नखुलेको लाखौं रकमसहित प्रहरीले एक जनालाई पक्रेको छ । पाल्हिनन्दन गाउँपालिका–२, हरपुर बस्ने १९ वर्षीय मोहम्मद समिर धुनियालाई नियन्त्रणमा लिइएको हो । 

जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमबाट खटिएको टोलीले रामग्राम नगरपालिका–५, बुद्ध चोकबाट स्रोत नखुलेको ७ लाख ९ हजार रुपैयाँसहित पक्रेको बताइएको छ । 

बुद्ध चोकमा लु.५९ प ३२३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा सोही मोटरसाइकलमा सवार उनी उक्त रकमसहित फेला हुन् । पक्राउ परेका धुनियामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

टिप्पणीहरू