सैनिक मञ्चमा महानगर दिवस (फोटो फिचर)

सैनिक मञ्चमा महानगर दिवस (फोटो फिचर)
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस मनाएको छ । काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरेर महानगर दिवस मनाइएको हो । 

हरेक वर्ष मंसिर २९ गतेका दिन काठमाडौंमा महानगर दिवस मनाइन्छ । आजको कार्यक्रममा महानगरका दमकल, सरसफाइमा प्रयोग हुने मेसिन तथा सवारी साधन, सांस्कृतिक झाँकीको पनि प्रदर्शन गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहनुभएको कार्यक्रममा  सांसदहरु, महानगर प्रमुख, उपप्रमुख, प्रधानसेनापतिलगायतको उपस्थिति थियो ।


 

टिप्पणीहरू