पत्रकार बन्दै हिँडेका हवल्दारको जागिर गयो

पत्रकार बन्दै हिँडेका हवल्दारको जागिर गयो
सुन्नुहोस्

सशस्त्र प्रहरी हवल्दार भए पनि आफूलाई पत्रकार भन्दै लेख्ने–लेखाउने एक जनाको जागिर गएको छ । रौतहटका सशस्त्र प्रहरी हवल्दार गगनदेव साहविरुद्ध ठोस प्रमाण जुटेपछि अघिल्लो हप्ता उनको जागिर चट भएको हो ।

यसअघि मौखिक उजुरी परे पनि ठोस प्रमाण अभावमा कुनै कारबाही भएको थिएन । तर, पछिल्लो समय नव जनप्रहार साप्ताहिकका सम्पादक विष्णु घिमिरेले साहलाई सम्वाददाता बनाई पत्रकारिता गर्न अख्तियारी दिएको पाइएपछि अभियोग सिद्ध भएको बुझिएको छ ।

सशस्त्र प्रहरीको कानुन महाशाखाले छानबिनको क्रममा सो प्रमाण जुटाएको थियो । त्यसपछि जागिरबाट भर्खरै हात धुन बाध्य हुनुपरेको हो । नक्कली पत्रकार साहले सीमावर्ती क्षेत्रमा गएर तस्करसँग पत्रकार बनी थर्काउने, धम्क्याउने, पैसा कुम्ल्याउने गर्थे ।

यसका साथै उनलाई चित्त नबुझ्दा अरु पत्रकारलाई गलत सूचना दिएर पत्रिकामा लेख्न लगाऊँ भन्दै धम्क्याउने र लेख्न पनि लगाउने, नभएको कुरा प्रचार गर्ने, संगठनभित्रका कतिपय गोप्य कुर पत्रकारलाई चुहाउने र मौका पर्दा सशस्त्रका आफ्नै हाकिमलाई पनि खसी पार्न तम्सिन्थे ।

विभागभित्रै मेरो पक्षमा आउने कि अरुको पक्षमा जाने भन्दै ग्रुप खडा गर्ने काममा पनि खटिएका थिए । कानुन महाशाखाको सिफारिसमा आइजिपी राजु अर्यालले जागिर चट गरिदिएए र उनी करिब १६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएको बताइन्छ ।
 

टिप्पणीहरू