सोलुखुम्बुमा नयाँ पदमार्गको शुभारम्भ (फोटो फिचर)

सोलुखुम्बुमा नयाँ पदमार्गको शुभारम्भ (फोटो फिचर)
सुन्नुहोस्

फोटो : नेपाल फोटो लाइब्रेरी

कोरोना महामारीपछि थला परेको पर्यटन व्यवसायमा पछिल्लो समय केही सकारात्मक संकेत देखिएको छ । विदेशी पर्यटकका साथै स्वदेशीको पनि चहलपहल बढेको छ । 

पर्यटन बोर्डका अनुसार सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म छ लाख ८५ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पर्वतीय सिजन भएकाले पर्यटकको संख्यामा वृद्धि भएको पर्यटन व्यवसायीहरु बताउँछन् । 

पदयात्रा र पर्वतारोहणमा विदेशी मात्रै नभई स्वदेशी पर्यटकको पनि उत्तिकै आकर्षण रहेको उनीहरुको भनाई छ । ट्रेकिङ्गमा आन्तरिक पर्यटकको संख्या पनि उत्साहजनक रहेको बताए । ट्रेकिङ्गका लागि मुलुकमा धेरै पदमार्ग छन् । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा शुभारम्भ गरिएको नयाँ पदमार्ग ट्रेकर्सहरुका लागि आकर्षणको स्थान हुन सक्ने आकलन छ । 

‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ नामांकन गरिएको पदमार्ग तल्लो सोलुखुम्बु क्षेत्रबाट शुरु हुन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथासँगै २८ बढी हिमाल हेर्दै स्थानीय शेर्पा, खालिङ्ग राईहरुको संस्कृतिमा रमाउँदै पदमार्गको आनन्द लिन सकिन्छ । गाउँपालिकाले दक्ष गाइड, नक्सा विज्ञ, जिपिएस एक्सपर्टलगायतको समूह तयार पारेर निरन्तर अध्ययनपछि शुभारम्भ गरेको पदमार्ग ट्रेकर्सहरुका लागि नयाँ गन्तव्य बन्ने विश्वास लिइएको छ ।

टिप्पणीहरू