मुक्का रहस्य

मुक्का रहस्य

संकल्प यात्रामा निस्कनुभएका एमाले अध्यक्ष कमरेड केपी ओलीमाथि कसैले मुक्का हानेको हल्ला काठमाडौंमा फैलियो । तर, केही बेरमै खण्डन आयो, मुक्का हानेको होइन । मुक्का हानिएकै थिएन । मुक्का हान्ने कुरै छैन । एमाले पार्टीले वक्तव्यमाथि वक्तव्य निकाल्यो । 

तर विडम्बना, मुक्काका विषयमा न मुक्का खाए भनिएका कमरेड ओलीको वक्तव्य आयो । न मुक्का ख्वाएँ भनिएका महेश राईकै वक्तव्य आयो । खाएँ भन्ने र ख्वाएँ भन्ने दुवै पक्ष मौन छन् । बीचवाले पक्षले चाहिँ वक्तव्य निकालेको निकाल्यै । 

के मुक्का पनि गोपनीयताको हकभित्र पर्ने विषय हो ?
 

टिप्पणीहरू