गोली हानेर प्रधानाध्यापक मार्नेलाई समात्न गोली प्रहार

गोली हानेर प्रधानाध्यापक मार्नेलाई समात्न गोली प्रहार
सुन्नुहोस्

बाराको एक बोर्डिङ स्कुलका प्रधानाध्यापकलाई गोली हानेर हत्या गर्ने मुख्य सुटर समातिएका छन् । 

कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारलाई गोली हानेर हत्या गरि फरार रहेका सुटर सुजित सिंहलाई आज प्रहरीले पक्राउ गरेको हो । 

गत कार्तिक १३ गते दुई मोटरसाइकलमा आएका चार जनाले स्वर्णकारमाथि गोली चलाएका थिए । त्यसलगत्तै हत्या आरोपमा कलैया-२ की राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंहलाई पक्राउ गरिएको थियो । तर, सुजित भने फरार रहेका थिए । 

उनलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट प्रक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार सुटर सिंह भाग्न खोज्दा गोली प्रहार गरिएको र दौडन नसकेपछि पक्राउ गरिएको हो ।

टिप्पणीहरू