एक करोड घूसको पोल खुलेपछि भागेका नगरपालिकाका हाकिम भेटिए

एक करोड घूसको पोल खुलेपछि भागेका नगरपालिकाका हाकिम भेटिए

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली भ्रष्टाचारमा मुछिएका छन् । उनीमाथि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रार रहँदा एक करोडभन्दा बढी रकम घुस लिएको आरोप लागेको छ । 

उक्त अभियोगमा पराजुलीलाई आज प्रहरीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको छ । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न एक करोड बढी रकम घुस लिएको आरोपमा उनलाई केही दिनअघि जिल्ला अदालत कास्कीले पक्राउ पूर्जी जारी गरेको थियो । त्यसपछि भागेका उनी आज पक्राउ परेका हुन् ।  

कुश्माको प्रमुख प्रशासकीय अधिकृत हुनुअघि उनी सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रार थिए । त्यतिबेला मित्रमिलनको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले घुस लिएको सहकारीका सञ्चालकहरूको बयानमा खुलेको थियो । छानबिनमा क्रममा उनले रकम लिएको ठहरिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनलाई अहिले कुश्माबाट पोखरा लैजाने तयारी गरिएको छ ।

टिप्पणीहरू