राति भारत लगिएको गाँजा सीमाना नपुग्दै बरामद

राति भारत लगिएको गाँजा सीमाना नपुग्दै बरामद
सुन्नुहोस्

नेपालबाट भारततर्फ लैजाँदै गरिएको १६ केजी गाँजा सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ । सशस्त्रको गस्ती टोलीले सिरहाको औरही गाउँपालिका–५, दोनवारीबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । 

गएराति साढे ८ बजे प्र. २-०१–००२ प ४४५९ नम्बरको मोटरसाइकलमा राखेर भारततर्फ लैजाँदै गरेको उक्त गाँजा टोलीलाई देखेपछि मोटरसाइकलसमेत छाडेर चालक फरार भएको सशस्त्रले जनाएको छ । 

नियन्त्रणमा लिइएको गाँजा र मोटरसाइकल अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्रले बताएको छ ।

टिप्पणीहरू