मरेका जनावर व्यवस्थापनका लागि महानगरद्वारा प्रस्ताव आह्वान

मरेका जनावर व्यवस्थापनका लागि महानगरद्वारा प्रस्ताव आह्वान

काठमाडौं महानगरपालिकाले मृत जीवजन्तु व्यवस्थापनका लागि प्रस्ताव आह्वान गरेको छ । 

महानगरले इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीलाई आफ्नो दर्ता प्रमाणपत्रसहितका आवश्यक कागजातसाथ प्रस्ताव पेश गर्न भनेको हो । यसबारे महानगरले निकालेको सूचनामा दर्ता प्रमाणपत्र, स्थायी लेखानम्बर, भ्याट  दर्ता प्रमाणपत्र, आव २०७९-०८० को कर चुक्ता र कर चुक्ताको म्याद थप गरेको प्रमाणपत्रको प्रतिलिपिसहित प्रस्ताव पेश गर्न सकिने उल्लेख छ । 

इच्छुकले आगामी माघ १५ गतेसम्म प्रस्ताव पेश गर्न सक्नेछन् । दर्ता भएका प्रस्ताव सोही दिन दिउँसो २ बजे खरिद एकाईमा खोलिने जनाइएको छ ।

टिप्पणीहरू