प्रहरीमा भर्ना गरिदिने कबोल गरेर पैसा उठाउँदै हिँडेका भोला समातिए

प्रहरीमा भर्ना गरिदिने कबोल गरेर पैसा उठाउँदै हिँडेका भोला समातिए
सुन्नुहोस्

जागिरको प्रलोभन देखाएर मान्छे ठग्दै हिँड्ने एक व्यक्ति समातिएका छन् । सल्ल्यानको कालिमाटी गाउँपालिका-२ कट्विरका भोला पुनलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

६ जनाबाट ३ लाख ठगेको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनलाई त्रिवेणी गाउँपालिका-६ लुहामबजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

भोलाले कालिमाटी-२ टाट्केका सुशिल कुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेश कुमार केसीलाई [प्रहरी जवान र असईमा  जागिर मिलाइदिने विश्वास दिलाएर प्रतिव्यक्ति ५० हजारका दरले ३ लाख असुली गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

प्रहरीका उच्च पदस्थ अधिकारीसँग आफ्नो राम्रो सम्पर्क रहेको र पहिले पनि धेरै जनालाई जागिर लगाई सकेकाले शतप्रतिशत काम हुने विश्वासमा पारेर उनले पीडितहरूलाई आफ्नो घरको काममासमेत लगाउने गरेको पाइएको छ ।

टिप्पणीहरू