रविका प्रदेश महामन्त्री र उपसभापतिले बुझाए राजीनामा

रविका प्रदेश महामन्त्री र उपसभापतिले बुझाए राजीनामा

टेकसिंह धामी

पूर्व पत्रकारसमेत रहेका रवि लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम समितिमा जिम्मेवारी फेरबदल भएको छ । प्रदेश समितिको उपसभापति र महामन्त्रीले राजीनामा दिएपछि नयाँलाई जिम्मेवारी दिइएको हो ।

रास्वपा सुदूरपश्चिमका तत्कालीन महामन्त्री भोजराज जोशी (क्वालिटी) ले राजीनामा दिएपछि उनको स्थानमा पारश बाहुनलाई ल्याइएको छ । बाहुन रास्वपा डडेल्धुराका पूर्व जिल्ला संयोजकसमेत हुन् । क्वालिटीले पार्टीलाई समय दिन नसक्ने भएपछि बाहुनलाई जिम्मेवारी दिइएको रास्वपा सुदूरपश्चिमका सभापति प्रकाश विष्टले बताए ।

पार्टी उपसभापति श्रृष्टि महराले पनि पदबाट राजीनामा दिएकी छन् । तर उनको स्थानमा कसलाई ल्याउने भन्ने विषयमा भने आन्तरिक छलफल जारी रहेको बताइएको छ । राजीनामा दिएका उनीहरु दुबैजना पार्टीको सदस्य भने कायमै छन् 

टिप्पणीहरू