सिटिइभिटीको हाकिमबारे क्याबिनेट अनिर्णित पूर्व र पश्चिम कसको आउला पालो ?

सिटिइभिटीको हाकिमबारे क्याबिनेट अनिर्णित पूर्व र पश्चिम कसको आउला पालो ?
सुन्नुहोस्

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को रिक्त सचिव पदको लागि तीन जनाको नाम सिफारिस भए पनि दुई क्याबिनेट बैठक गुज्रिँदासमेत अन्तिम टुंगोसमेत लाग्न सकेको छैन । परिषद्को कार्यकारी पद मानिने उक्त पदमा हालका निमित्त सचिव महेश भट्टराई, टेकबहादुर मल्ल र बिनोद बरालको नाम गएको छ । तर, भट्टराई पूर्वी नेपालका हुन् भने मल्ल सुदूरपश्चिमका । कार्यकाल ४ वर्षको हुने गरेको छ । ९ सदस्यीय बोर्डमा रहेका यी सबै कर्मचारी हुन् ।

२७ सय कर्मचारी भएको परिषद्ले निजी तथा सरकारी क्याम्पसलाई सम्बन्धन दिने, सीपमूलक तालिम सञ्चालन गर्ने कार्य गर्दै आएको छ । ३४ भन्दा बढी आंगिक प्राविधिक शिक्षालय तथा ४२९ भन्दा बढी निजी शैक्षिक संस्था, कृषि र इञ्जिनियरिङ अध्ययन गराउने प्लस २ का १८६ भन्दा विद्यालय यसअन्तर्गत छन् भने प्रदेशस्तरीय संरचना पनि क्रियाशील छ ।

निजी क्षेत्रका शिक्षालयलाई सम्बन्धन दिने बेला लाखौं रकमको खेलोमेलो हुने, आफ्ना मान्छेलाई सीपमूलक तालिममा प्रशिक्षक तोक्न र प्रशिक्षण दिने संस्था र व्यक्तिका रूपमा सहभागी गराउन सक्ने, तालिम तथा जाँच सञ्चालन गर्दा लाखौं उठाउन सक्ने भएकाले यो पद निकै आकर्षक मानिँदै आएको दाबी स्रोतले गरेको छ । यसै कारण अहिले अस्वस्थ्य प्रतिस्पर्धा गरेर भए पनि त्यहाँ पुग्न दाउपेच चलिरहेको बताइन्छ । 

टिप्पणीहरू