नयाँ वर्षको पहिलो दिन जापानमा ७ रेक्टरस्केलको शक्तिशाली भूकम्प

नयाँ वर्षको पहिलो दिन जापानमा ७ रेक्टरस्केलको शक्तिशाली भूकम्प

जापानमा ७ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । मध्य जापानको पश्चिम भागमा गएको भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

जापानमा भूकम्प गएको समुन्द्र तटीय क्षेत्रका वासिन्दालाई तत्काल स्थानबाट बाहिर जान भनिएको छ । इसिकावा, निगाता, तोयामा र यामागाता प्रिफेक्चरमा सुनामीको चेतावनी दिइएको छ ।

जापानी टेलिभिजन एनएचकेका अनुसार नोटो प्रायद्विपमा ५ मिटर अग्लो सुनामी जान सक्ने आकलन गरिएको छ ।
 

टिप्पणीहरू