समयमै कर बुझाए १० प्रतिशत छुट, बक्यौतामा जरिवाना मिनाहा

समयमै कर बुझाए १० प्रतिशत छुट, बक्यौतामा जरिवाना मिनाहा

काठमाडौं महानगरपालिकाले तोकिएको समयावधिभित्र कर तिर्ने करदातालाई छुट दिने भएको छ । आर्थिक ऐनबमोजिम बुझाउनुपर्ने कर तोकिएको समयावधिभित्र वडा कार्यालयमा दाखिला गर्नेलाई महानगरले छुट दिन लागेको हो । 

महानगरको राजस्व विभागले एक सूचना प्रकाशित गर्दै यही पुस मसान्तभित्र सम्पत्ति कर, व्यवसाय कर र बहाल कर तिरी लाभ लिन सुसूचित गराएको छ । पुस मसान्तभित्र बुझाउँदा चालु आवको कर रकममा १० प्रतिशत छुट सुविधा प्राप्त हुने विभागले जनाएको छ । 

त्यस्तै, बक्यौतामा पनि सम्पूर्ण जरिवाना छुट गरिएको विभागले जानकारी दिएको छ । समयमै कर बुझाएर महानगरले दिएको कर तथा जरिवाना छुट सुविधा लिनसमेत अनुरोध गरिएको छ ।
 

टिप्पणीहरू