रोनाल्डोले दिए आमालाई ७ करोडको कार उपहार

रोनाल्डोले दिए आमालाई ७ करोडको कार उपहार
सुन्नुहोस्

चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नी आमालाई महंगो कार उपहार दिएका छन् ।

आमा मारिया डोलोरेसको ६९औँ जन्मदिन तथा नयाँ वर्ष २०२४ को अवसर पारेर उनले महँगो ब्राण्डको कार उपहार दिएका हुन् । उक्त कारको मूल्य अहिले नेपाली बजारमा ७ करोड छ । 

गत शनिबार साउदी प्रो लिगमा अल-तावुनविरुद्ध ४-१ को जितमा इन्ज्युरी समयमा गोल गर्दै क्रिस्टियानो सन् २०२३ का सर्वाधिक गोलकर्ता बनेका छन् । ५४ गोल गरेका उनी पाँचौं पटक धेरै गोल हान्ने खेलाडी बनेका हुन् । 

यसअघि क्रिस्टियानो सन् २०११, २०१३, २०१४ र २०१५ मा पनि वर्षको सर्वाधिक गोलकर्ता बनेका थिए ।
 

टिप्पणीहरू