गंगबुमा टिपरको ठक्करले मोटरसाइकल चालकको निधन

गंगबुमा टिपरको ठक्करले मोटरसाइकल चालकको निधन

काठमाडौंको गोगंबु क्षेत्रमा टिपरले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको ज्यान गएको छ । 

गोंगबुको मित्रनगर १ नम्बर गेट नजिकै भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको हो । गोरखा घर भएका उनी अस्थायी रुपमा तार्केश्वर नगरपालिकाको चिसापानीमा बस्दै आएका थिए । 

 बा.प्र.०३-००१ प ०५०० नम्बरको टिपरले ठक्कर दिएलगत्तै घाइते तामाङलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । 

अहिले टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू