करै नतिरी कसरी भयो ग्यालेक्सी टिभीको कारोबार ?

करै नतिरी कसरी भयो ग्यालेक्सी टिभीको कारोबार ?

के रवि लामिछाने कानुनभन्दा माथि छन् ? हैन भने, कर नतिरी टेलिभिजनको शेयर कसरी हस्तान्तरण हुन्छ ? टेलिभिजन चलाउने नाममा विभिन्न सहकारीको करोडौं रकमले आफ्नोमात्रै हैन, पत्नी, ससुरासम्मको व्यवस्थापन गर्ने रविका थप विवरण प्राप्त भएका छन् ।

उनले ग्यालेक्सी टिभीबाट आफू अलग भएको र शेयरसमेत अन्य व्यक्तिमा हस्तान्तरण भएको जिकिर गरेका छन् । तर, नेपालको कानुनले कुनै पनि व्यवसायमा कर नतिरी, करचुक्ता प्रमाणपत्र पेश नगरी कुनै किसिमको कारोबारलाई वैधता दिँदैन । ग्यालेक्सी टिभीको हकमा उसले अहिलेसम्म कर तिरेको छैन । तसर्थ, रविको दावी गलत भएको उक्त टेलिभिजनपीडित पत्रकारको भनाइ छ । त्यहाँ काम गरेका पत्रकार तथा कर्मचारीहरूको तलबबाट कट्टी हुनुपर्ने १५ प्रतिशतका दरले चार करोड आजसम्म तिरिएको छैन । कर नतिरी कसरी करचुक्ता प्रमाणपत्र आयो र शेयर हस्तान्तरण भयो ? ती कर्मचारीको प्रश्न छ । त्यसमाथि रविको कुराचाहिँ कति हाँस्यास्पद छ भने, ग्यालेक्सी टिभीमा हालेको विभिन्न सहकारीको पैसा डुब्ने भएपछि त्यसको जिम्मा सरकारले लिनुपर्ने ! अर्थात्, काम आफूले बिगार्ने, जिम्मा सरकारले लिनुपर्ने !  

अनि, ग्यालेक्सी त्यत्तिकै डुबेको हैन भन्ने कुरा बुझ्नका लागि आर्थिक लुटलाई हेरे पुग्छ । तलब पनि मन लागेजति खान पाइने अचम्मको नियम थियो ।  रवि आफैँले तोकेर ५ लाख तलब, २ करोड पर्ने गाडी सुविधासहित जोड्दा महिनावारी ८ लाख रुपैयाँ लिने गरेको विवरण ग्यालेक्सीको लेखामा सुरक्षित छ । उनीबाहेक पत्रकार टिकाराम राई, चारु चड्डा, प्रबन्ध निर्देशक प्रशान्त लामिछाने र सुरेश पौडेलले पनि तलब त पाँचै लाख खान्थे । तर, उनीहरूले १५ प्रतिशत कर काटेर बाँकी भएको पैसा मात्रै पाउँथे । टेलिभिजनकी कार्यक्रम प्रस्तोता साधना तामाङले दुई लाख लिन्थिन् । जबकि, उनको भन्दा बढी काम गर्ने पत्रकारले कम पैसा लिएका थिए । केपी ओलीका निजी फोटोग्राफर राजन काफ्लेकी पत्नी तथा पत्रकार सिर्जना घिमिरेदेखि रमेश प्रसाईंहरूले एक–एक लाखमात्रै लिन्थे ।

कम्पनीले सुविधास्वरुप रविलाई फर्चुनर र प्रशान्तलाई क्रेटा कार दिएको थियो । जिबी राईका निम्ति नेपाल र सिंगापुर ‘पानी–पँधेरो’ भनेजस्तो थियो । र्‍याडिसन, हायातसहितका पाँच तारे होटलमा कोठा लिन्थे र त्यतै रात बिताउने सोख थियो । त्यसमा टेलिभिजनमा नदेखिने थुप्रै युवती सहभागी हुन्थे । फलतः जिबी राई अहिले देश छाडेर भागेका हुन् । उनलाई यो अवस्थामा पुर्‍याउने रविचाहिँ जनतालाई मूर्ख बनाउँदै ‘राजनीति’ मै छन् । बरु, रवि र उनकी पत्नी निकिता पौडेलले समेत जिबीलाई ठगी गरेका रहेछन् ।  उनी ग्यालेक्सी एफएमकी हर्ताकर्ता । उनका बुबा उद्धव पौडेलले चावहिलस्थित गोपिकृष्ण हलमै स्थापना गरेको गोपिकृष्ण एफएमलाई ग्यालेक्सी बनाइएको हो । त्यो एफएम जिबीलाई डेढ करोडमा भिडाएर नगद रु.६० लाख रुपैयाँ बुझिन् । त्यति पैसा लिइसकेपछि बल्ल भनिन्, ‘धेरै वर्षदेखि बुबाले नवीकरण नगरेका कारण ४६ लाख तिर्न बाँकी छ ।’ अनि, पुरानो हिसाब राफसाफ नगरी कम्पनी वा कारोबार नामसारि गर्न नमिल्ने कानुन छ । 

रविले मात्रै हैन, जिबीलाई एडरिलिज नामक विज्ञापन एजेन्सीले पनि उत्तिकै पीडा दियो । अमेरिकी नागरिक प्रमोद ढकालले पञ्चकन्यासहित सिमेण्ट, छड कम्पनीहरूलाई बिचौलिया दीपक भट्टसँग जोड्ने र विज्ञापनको कारोबार आफूले गर्थे । उनैले हो, कान्तिपुरसँग १८ करोडको विज्ञापन दिने भनेको । रविले ग्यालेक्सी छाड्दा उनको टिमका रमेश प्रसाईं, प्रतिभा रावल, उत्तम, क्रान्तिशिखालाई पनि लिएर गए । त्यसमध्ये प्रतिभालाई सहायक प्रवक्ता बनाए भने अरु सबैलाई केन्द्रीय सदस्य । 
 

टिप्पणीहरू