१० हजार मेगावाट बिजुली बिक्री सम्झौतामा चिनियाँ लगानीको उत्पादनबारे मौन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ लगानीका परियोजनाबाट उत्पादित बिजुली किन्न भारतीय पक्ष अनिच्छुक रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन,न्याय तथा मानवअधिकार समितिमा भारतसँग हालै भएको सम्झौताबारे जानकारी दिँदै उहाँले उक्त कुरा उल्लेख गर्नुभएको हो ।
उहाँले चिनियाँ लगानीप्रति भारतीय पक्ष खुलस्त नरहेको पनि जनाउनुभएको छ । नेपालले भारतलाई १० वर्षमा बेच्ने १० हजार मेघावाट विद्युतको बारेमा क्लियर भए पनि पूर्णरुपमा चिनियाँ लगानी रहेका परियोजनाको बिजुली खरिदमा भारतीय पक्षले रिजर्भेसन राखेको प्रधानमन्त्रीको भनाई छ ।
आज बसेको समिति बैठकमा एमाले सांसद महेश बर्तौलाले भारतसँगको सम्झौता राष्ट्रविरोधी भएको बताएका छन् । बर्तौलाका अनुसार परराष्ट्र सचिवस्तरीय सम्झौता नै गैरकानुनी हो ।
टिप्पणीहरू