स्पेनिस सुपर कपको फाइनलमा रियल म्याड्रिड

स्पेनिस सुपर कपको फाइनलमा रियल म्याड्रिड
सुन्नुहोस्

स्पेनिस सुपर कप फुटबलमा रियल म्याड्रिड फाइनल प्रवेश गरेको छ । गएराती भएको खेलमा एट्लेटिको म्याड्रिडलाई ५–३ ले हराउँदै रियल फाइनल पुगेको हो । 

निर्धारित समयको खेलमा दुवै समूहले ३–३ गोलको बराबरी गरेका थिए । तर, अतिरिक्त समयमा रियल म्याड्रिडले दुई गोल गर्दै फाइनलमा स्थान बनायो । 

अतिरिक्त समयमा एट्लेटिको म्याड्रिडका स्टिफन सेविकले आत्मघाति गोल गरेका थिए । जसले रियललाई जित दिलाउन ठूलो सहयोग गर्यो ।  

आगामी शनिबार हुने फाइनलमा रियल म्याड्रिडले बार्सिलोना वा ओसासुनासँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ ।

टिप्पणीहरू