बोरामा गाँजा ओसार्नेहरु पुलिसको फन्दामा

बोरामा गाँजा ओसार्नेहरु पुलिसको फन्दामा

उदयपुरमा गाँजाको बोरा बोकेर हिँडेका दुई जना समातिएका छन् । ताप्ली गाउँपालिका–२ बस्ने ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोकबहादुर राईलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रीस्कु कटारीबाट संयुक्त खटिएको टोलीले उनीहरुलाई आज बिहान कटारी नगरपालिका–७ देउलीकुनाबाट ६० किलो गाँजासहित नियन्त्रणमा लिएको बताइएको छ । 

प्रहरीका अनुसार उनीहरु तीनवटा बोरामा उक्त परिमाणको गाँजा बोकेर लैजादैं गरेको अवस्थामा फेला परेका थिए । यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू