पोखरामा लाखौंको खाल, घरबेटी महिलासहित जुवाडे पक्राउ

पोखरामा लाखौंको खाल, घरबेटी महिलासहित जुवाडे पक्राउ

कास्कीमा जुवाको खालबाट नौ जना जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका–८, न्यूरोडस्थित म्याग्दीकी दिपा पुनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित नौ जनालाई प्रहरीले पक्रेको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गएराति उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरुको साथबाट एक लाख २२ हजार १७५ रुपैयाँ नगद र चार बुक तास बरामद गरिएको प्रहरीले जानकारी दिएको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू