राजनीतिक उपलब्धि जोगाउन नागरिक सचेत हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

राजनीतिक उपलब्धि जोगाउन नागरिक सचेत हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले त्यसको रक्षाका लागि प्रगतिशील शक्तिहरु एकतावद्ध हुनुपर्नेमा जोड दिनुभएको छ । 

आज टुंडिखेलमा आयोजित थारू समुदायको माघी पर्वलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । प्रधानमन्त्रीले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने पनि बताउनुभयो ।

'नेपालको संविधान देशमा विद्यमान राजनीतिक शक्तिहरूको सन्तुलन र सम्झौताको दस्तावेज भएका कारण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका महत्वपूर्ण मागहरू सम्बोधन भए पनि संविधानमा सम्पूर्ण अधिकार न्यायोचित ढंगले व्यवस्था गर्न सकिएको छैन', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'यसका लागि प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति रचनात्मक पहल लिन आवश्यक छ ।’

प्रधानमन्त्रीले अहिलेको संविधान राजनीतिक सन्तुलन र सहमतिको दस्तावेज भएकाले अधिकारको रक्षा र सुदृढ नगर्दा उपलब्धीहरू गुम्नसक्नेतर्फ सचे पनि गराउनुभएको छ ।

टिप्पणीहरू