क्याविनेटको नियमित बैठक सिंहदरबारमा जारी

क्याविनेटको नियमित बैठक सिंहदरबारमा जारी फाइल फाेटाे
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याविनेट बैठक राख्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बैठक बसिरहेको छ । 

प्रधानमन्त्रीको अध्यक्षतामा बसिरहेको क्याविनेट बैठकमा उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का, अर्का उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सामान्य प्रशासन मन्त्री अनितादेवी साह,  पर्यटन मन्त्री सुदन किराती, वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महताे, सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्मा, शिक्षा मन्त्री अशोक कुमार राई सहभागी छन् ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेत, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेत, खानेपानी तथा सरसफाई मन्त्री महेन्द्रराय यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, कृषि तथा पशुपंक्षी मन्त्री डा. वेदुराम भुसाल र अर्थमन्त्री डा. प्रकाशशरण महतको पनि बैठकमा उपस्थिति छ । 

त्यस्तै, मुख्य सचिव डा. बैकुण्ठ अर्याल पनि क्याविनेट बैठकमा सहभागी भएका छन् । क्याविनेटको नियमित बैठकमा समसामयिक विषयहरु छलफलको एजेण्डा रहेको बताइएको छ । हरेक मंगलबार बस्ने बैठक आज बुधबार बसेको हो ।
 

टिप्पणीहरू