अधबैंशे पुरुषमाथि चारजना बालकलाई बालिका करणी गर्न लगाएको अभियोग

अधबैंशे पुरुषमाथि चारजना बालकलाई बालिका करणी गर्न लगाएको अभियोग

बालिका बलात्कारको घटनामा मतियार बनेका एक पुरुष समातिएका छन् । सात बर्षे बालिका करणी गर्न बालकहरुलाई उकासेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल छन् । उनीसँगै सोही गाउँपालिका–६ का १० वर्षे एक बालकलाई पनि प्रहरीले समातेको छ । 

सुकविरले चारजना बालकलाई बालिका करणी गर्न लगाएको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरी टोलीले अस्ति पाँच जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकामध्ये दुई बालकलाई आफन्तको जिम्मा लगाई पठाएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सुकविरसहित तीन जनाउपर जिल्ला अदालत दाङबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

टिप्पणीहरू