अर्चलेका धनबहादुरको घरमा एकनाले बन्दुक फेला

अर्चलेका धनबहादुरको घरमा एकनाले बन्दुक फेला

धादिङमा एकनाले भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गजुरी गाउँपालिका–४ अर्चलेका ५६ वर्षीय धनबहादुर प्रजा भरुवा बन्दुकसहित समातिएका हुन् । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले गएराति उनको घर खोजतलास गर्ने क्रममा दुई थान एकनाले भरुवा बन्दुक फेला पारेको हो ।

यस्तै, कपिलवस्तु प्रहरीले पनि एकनाल भरुवा बन्दुक बरामद गरेको छ । वाणगंगा नगरपालिका–७  धैरेनिडाँडास्थित बाँसको झाडी नजिकैबाट लोड भएको अवस्थामा उक्त भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जानकारी दिएको हो । 

ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा हिजो साँझ बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको जनाइएको छ । हाल दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
 

टिप्पणीहरू