खाजा घरमा तास खेल्नेहरुको साथमा पैसाको बिटो

खाजा घरमा तास खेल्नेहरुको साथमा पैसाको बिटो

काभ्रेमा सात जना जुवाडे खालबाटै समातिएका छन् । धुलिखेल नगरपालिका–१२ का ४६ वर्षीय विकास तामाङसहित सात जनालाई प्रहरीले पनौती नगरपालिका–४ बसपार्कस्थित खाजा घरमा तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

 प्रहरीले उनीहरुको साथबाट ५६ हजार ५ सय ६० रुपैयँँ नगद र एकबुक तास पनि बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

टिप्पणीहरू