प्रधानमन्त्रीको निर्देशन पालना गराउन पत्राचार

प्रधानमन्त्रीको निर्देशन पालना गराउन पत्राचार

मलेसियामा रहेका नेपाली श्रमिकहरुको हित र चासोका विषय त्यहाँस्थित एक संस्थालाई जिम्मा लगाउने गरि भएको सम्झौता रद्द गर्न प्रधानमन्त्रीले दिएको निर्देशन बैदेशिक रोजगार बोर्डमा पुगेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्रीको मौखिक निर्देशन पत्रमार्फत अवगत गराउँदै बोर्डलाई सम्झौता कार्यान्वयन नगर्न भनेको छ । बोर्ड र मलेसियास्थित फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टरबीच त्यहाँ रहेका नेपाली श्रमिकको राहत, उद्धारलगायत काल्यान्कारी काम गर्ने विषयमा सम्झौता भएको थियो । 

तर, गत पुस २४ गते श्रम मन्त्री शरदसिंह भण्डारीसहित मन्त्रालयका सचिव सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरोकारवालासँग थप छलफल गरेर मात्र टुंगोमा पुग्न आवश्यक रहेको बताउँदै हाललाई उक्त सम्झौता कार्यान्वयन नगर्न निर्देशन दिनुभएको थियो ।

टिप्पणीहरू