भारतीय नागरिकको साथमा झन्डै एक किलो गाँजा

भारतीय नागरिकको साथमा झन्डै एक किलो गाँजा

सल्यानमा करिब एक किलो गाँजासहित दुई भारतीय नागरिक समातिएका छन् ।

अवैध गाँजा लिएर हिँडेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको टोलीले त्रिवेणी गाउँपालिका–६ लुहाम बजारमा फेला पारेर नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा भारतको गोसपुरपुरीका २५ वर्षीय अकिल अहमद र अर्का एक जना छन् । उनीहरुको साथबाट करिब ९ सय ५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
 

टिप्पणीहरू