नेपाल आएका भारतीयको साथमा लागुऔषध

नेपाल आएका भारतीयको साथमा लागुऔषध

वीरगञ्जमा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । भारतको रक्सौल नजिकैको टमरिया टोल बस्ने २० वर्षीय कन्हैया गिरी र २० वर्षीय असलम आलमलाई प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६, रजत जयन्ती चोकबाट आज बिहान उनीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो । 

उनीहरुको साथबाट दुई सय एम्पुल फेनारगन, एक सय ९८ एम्पुल डाईजेपाम र दुई सय एम्पुल नुर्फिन बरामद गरेको छ । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू