इच्छाराज तामाङ दम्पती सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
पूर्वसांसद तथा संविधानसभा सदस्य इच्छाराज तामाङ दम्पती सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । उनीहरुलाई विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको हो ।
तामाङसँगै उनकी श्रीमती सिर्जना शाक्य तामाङमाथि सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेको अर्को गम्भीर आरोप पनि छ । आज विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गरेको हो ।
आज भएको ठहरको कसूर निर्धारण माघ २१ गतेको इजलासमा हुने बताइएको छ ।
टिप्पणीहरू