रविको पत्रकार सम्मेलन र बैंकको पत्रका रमिता

रविको पत्रकार सम्मेलन र बैंकको पत्रका रमिता
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीको रकम दुरपयोग नगरेको बताएका छन् । आज साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू सञ्चालक रहेको ग्यालेक्सी टिभीमा आफ्नो कार्यकालभर सहकारीको पैसा दुरुपयोग नगरेको दाबी पनि गरेका छन् । 

उनले भनेका छन्, ‘म ग्यालेक्सी टीभीमा आवद्ध हुँदा कुनै पनि बोर्ड बैठकले सहकारीबाट पैसा ल्याउने निर्णय गरेको छैन ।’ सहकारीको करोडौं रकम दुरुपयोगको आरोप लागेका उनको पीडितका पक्षमा अन्तिमसम्म लड्ने दावी छ ।

आजको कान्तिपुर दैनिकले उनको बैंक खातामा सहकारीको रकम दुरुपयोग गरेर खोलिएको ग्यालेक्सी टेलिभिजन र त्यसबाट हटेपछि सेयर बिक्री वापतको एक करोड ८० लाख रुपैयाँ जम्मा भएको समाचार निकालेको छ । सोही सन्दर्भमा उनले पत्रकार सम्मेलन गरेर स्पस्टिकरण दिएका हुन् ।

आफूसँगै मुलुकको अर्थशास्त्री भनेर चिनिएका नयाँ पुस्ताका डा. स्वर्णिम वाग्ले र सेलिब्रेटी बैंकर अनिल शाहलाई राखेर लामिछाने पत्रकारहरुसामु उपस्थित भएका थिए । तर,रवि आफ्नो खाता रहेको ग्लोबल बैंकको पानीपोखरी शाखाले दिएको पत्रको विरुद्ध हुनेगरी प्रस्तुत हुँदा वाग्ले र शाहले ताली ठोकेको दृश्यले ‘...लाई भन्दा देख्नेलाई लाज’ भएको बताइन्छ । 

"यदि पैसा बुझेकै हैनन् भने उनी ग्यालेक्सीबाट  अलग्गिएको कसरी मान्ने ? शेयरवापतको रकम लेनदेनबिना स्वामित्व हस्तान्तरण कसरी मान्य हुन्छ ? त्यसो हो भने कम्पनी रजिस्ट्रारमा प्रस्तुत यससम्बन्धी कागजात किर्ते भयो कि भएन ?"

आजको उनको पत्रकार सम्मेलनको निश्कर्ष ‘किर्ते भौचर’ मा पुगेर टुंगिएको छ । रविको निश्कर्ष छ, ‘टिभीको सेयर फिर्ता गर्दा किर्ते भौचर पेश भएको रहेछ ।’ तर,सरकारी कार्यालयमा कागजात किर्ते पेश हुँदा त्यसपछिको कामकारबाही पनि स्वतः बदरभागी हुनुपर्छ । यसबाट धेरै बाठो हुँदै प्रस्तुत हुँदा ..च्यापिएर बाँदरको ज्यान गएको सन्दर्भ मेल खाएको विज्ञहरु बताउँछन् । यदि पैसा बुझेकै हैनन् भने उनी ग्यालेक्सीबाट  अलग्गिएको कसरी मान्ने ? शेयरवापतको रकम लेनदेनबिना स्वामित्व हस्तान्तरण कसरी मान्य हुन्छ ? त्यसो हो भने कम्पनी रजिस्ट्रारमा प्रस्तुत यससम्बन्धी कागजात किर्ते भयो कि भएन ? यसै सन्दर्भमा  एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता व्यङ्ग्य गर्दै लेख्छन्, ‘झट्ट बुझिआउँदा रवि लामिछाने गोरखा मिडिया नेटवर्कमा सेयरधनी नै नहुने पो देखिन्छ त ! सेयर लिँदा नि कारोबार भएको छैन, दिँदा नि कारोबार भएको छैन ।’

ग्लोबल बैंकले आज रविलाई उपलब्ध गराएको स्टेटमेन्ट विवरणमा उनको नाममा प्राप्त एक करोड ८० लाखको चेक उनकै खातामा जम्मा भएको उल्लेख छ । सन् २०२२ जुलाई १७ तारिखका दिन उक्त चेक रविको खाता नम्बर ००३०७०१०००५९१३ मा जम्मा भएको बैंकले जानकारी दिएको छ ।

"यदि लामिछानेलाई एक करोड ८० लाख दिनुपर्ने आवश्यकता नै थिएन भने सम्बन्धित व्यक्तिले चेक किन दिए ? रविले त्यो चेक जम्मा गर्न किन लगे ?"

बैंकिङ प्रणालीअनुसार सम्बन्धित बैंकमा सम्बन्धित खातावालाले रकम जम्मा गर्न आफूलाई प्राप्त चेक बुझाउनुपर्छ । त्यसपछि चेकको रकम जम्मा गरेर उक्त रकम प्राप्तीको लागि इसिसीमार्फत् चेक क्लियरिङका लागि चेक दिने व्यक्तिको बैंकमा पठाइन्छ । तर, सो चेकको खातामा पर्याप्त रकम नभएपछि उक्त रकम ग्लोबल बैंकको पानीपोखरी शाखामा रहेको रविको खातामा सो मितिमा जम्मा नभएको मात्रै हो । त्यसपछि कहिले जम्मा भयो भन्ने सम्बन्धमा लामिछानेको खाताको डेढ वर्षको स्टेटमेन्ट हेर्नुपर्ने हुन्छ । 

यही विषयमा बैंक स्टेटमेन्ट गल्ती रहेको बताइरहँदा एक समय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका वाग्ले र लामो समय विनोद चौधरीको धेरै सेयर रहेको नबिल बैंकको सिईओ बनेका शाहले गलल हाँसेर ताली ठोक्दा नेपाल राष्ट्र बैंकका अधिकारीहरु लाजले पानी पानी भएको बताउँछन् । जबकि शाह कुनैबेला नेपाल बैंकर्स संघका अध्यक्ष पनि थिए ।

खातामा पैसा पर्याप्त नहुँदा नहुँदै चेक दिँदा चेक अनादर (बाउन्स) को मुद्दा लाग्ने कानुनी व्यवस्था छ । यदि लामिछानेलाई एक करोड ८० लाख दिनुपर्ने आवश्यकता नै थिएन भने सम्बन्धित व्यक्तिले चेक किन दिए ? रविले त्यो चेक जम्मा गर्न किन लगे ? 
पत्रकार सम्मेलनपछि सामाजिक सञ्जालमा एक जनाले लेखेका छन्, ‘सहकारीमा जनताले जम्मा गरेको पैसा शेयरको नाममा रवि दाजुको खातामा राखिदिनेलाई टुँडिखेलमा लगेर,उफ्रेर,घुमेर लात्ताले नाकको डाँडी भाँच्नेगरी हान्नुपर्छ । गुडलक रवि दाजु ।’ अर्काको भनाई छ, ‘भौमानको खाता हो, भक्तले दक्षिणा हाल्देका हुनसक्छन्, उस्सै आरोप लाउनी ?’

टिप्पणीहरू