लामिछानेलाई बस्नेतको व्यंग- 'म्यानपावर खोल्नुभयो भने सहयोग गर्छौ'
नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपाका सभापति रवि लामिछानेले म्यानपावर कम्पनी खोलेमा आफूले सहयोग गर्ने भन्दै व्यंग्य गरेका छन् ।
पछिल्लो समय लामिछानेले ग्यालेक्सी टेलिभिजनबाट निस्कँदा करोडौँ रकम लिएको 'बैंकिङ ट्रान्जेक्शन' सार्वजनिक भएपछि नेता बस्नेतले लामिछानेलाई व्यंग्य गर्दै यस्तो बताएका हुन् । उनले ०८४ को चुनावपछि लामिछाने राजनीतिबाट अलग हुने आशंका व्यक्त गर्दै उनको नयाँ व्यवसायमा सहयोग गर्ने बताए ।
'रविजीले अनुनय गरेपछि चिठ्ठाको बम्पर उपहारमा गृहमन्त्री दिलाउन हाम्रै पार्टी अध्यक्षले भूमिका खेल्नु भएको हो । त्यतिबेला रविजीले आफै प्रचण्डले गृहमन्त्री नदेलान् जस्तो छ भनेपछि हाम्रो पार्टी अध्यक्ष ज्युले नै यो भाईले चिठ्ठा पारेको रहेछ, बम्पर उपहारमा दुई चार महिना भएपनि गृहमन्त्री दिउ न त भनेर दिलाउनु भएको हो ।'
उनले भने, 'अब यस्तै ताल हो भने रविजीले आउँदो चुनावपछि के गर्नुहुन्छ,थाहा छैन । ग्यालेक्सी टेलिभिजनको अनुभवले उहाँलाई नयाँ टिभी खोल्ने आधार पनि देखिँदैन । उहाँले सायद वैदेशिक रोजगार संयोजन गर्ने कुनै म्यानपावर खोल्नेतिर जानुहुन्छ जस्तो लाग्छ । उहाँले म्यानपावर वा कुनै कन्सल्टेन्सी खोल्नुभयो भने विदेश जान चाहनेहरुलाई संयोजन गर्ने कुरामा हामी भूमिका खेल्छौं ।'
त्यसो त नेता बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहयोगमा लामिछानेलाई बम्पर उपहार (गृहमन्त्री) दिलाएको पनि दावी गरेका छन् । एमालेले लामिछानेलाई च्यापेको भन्ने समाचारको खण्डन गर्दै उनले थपेका छन्, 'रविजीले अनुनय गरेपछि चिठ्ठाको बम्पर उपहारमा गृहमन्त्री दिलाउन हाम्रै पार्टी अध्यक्षले भूमिका खेल्नु भएको हो । त्यतिबेला रविजीले आफै प्रचण्डले गृहमन्त्री नदेलान् जस्तो छ भनेपछि हाम्रो पार्टी अध्यक्षज्यूले नै यो भाइले चिठ्ठा पारेको रहेछ,बम्पर उपहारमा दुई चार महिना भएपनि गृहमन्त्री दिऊँ न त भनेर दिलाउनु भएको हो ।'
टिप्पणीहरू