संसदको हिउँदे अधिवेशन आगामी २२ गतेदेखि

संसदको हिउँदे अधिवेशन आगामी २२ गतेदेखि
सुन्नुहोस्

सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले माघ २२ गते अपरान्ह ४ बजे दुबै सदनको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

आजको बैठकले राष्ट्रिय खेलकुद विकास नियावली २०७९ को नियम १६ को उपनियम १ को खण्ड ‘क’ बमोजिम डा. अषिम भण्डारीलाई राष्ट्रिय ऐन्टलोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय गरेको छ । 

त्यसैगरी जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन इन्प्रोमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन बराबरको करिब ३१ अर्ब २ करोड नेपाली रूपैयाँ सहुलियत पूर्ण स्वीकार गर्ने भएको छ । त्यसका लागि आवश्यक मस्यौदालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय पनि क्याबिनेटले गरेको बताइएको छ ।
 

टिप्पणीहरू