राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । क्याबिनेट बैठकले हिजो गरेको सिफारिसबमोजिम उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त अधिवेशन आगामी २२ गते दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा डाक्नुभएको छ ।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०–१०–९ को सिफारिसमा सम्बत् २०८० साल माघ २२ गते सोमबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ’, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू