टंकबहादुरले बोकेको भरुवा बन्दुकबारे अनुसन्धान जारी

टंकबहादुरले बोकेको भरुवा बन्दुकबारे अनुसन्धान जारी

अछाममा भरुवा बन्दुक बोकेर हिँडेका एक जना पक्राउ परेका छन् । मंगलसेन नगरपालिका १२, ठाँटीखादका ३१ वर्षे शाही भरुवा बन्दुक एक थानसहित आज बिहान प्रहरी नियन्त्रणमा पुगेका हुन् । 

उनलाई अस्थायी प्रहरी पोष्ट गैरीटाडबाट खटिएको टोलीले बन्दुकसहित पक्रेको हो । शाहीले भरुवा बन्दुक बोकेर हिँड्नुका कारण अझै खुलेको छैन । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू