खाजा घरमा जुवा खेलाउने अधबैँसे महिला पक्राउ

खाजा घरमा जुवा खेलाउने अधबैँसे महिला पक्राउ

कास्कीमा छ जना जुवाडे खालबाटै समातिएका छन् । पोखरा महानगरपालिका–७ राष्ट्र बैंक चोकस्थित समिता खाजा घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले होटल सञ्चालिका बाग्लुङकी ४५ वर्षीया समिता आलेसहित छ जनालाई नियन्त्रणमा लिएको हो । 

विशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले गएराति उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरुको साथबाट प्रहरीले ४३ हजार ६५५ रुपैयाँ नगद र ६ बुक तास बरामद गरेको छ । 

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू