'बिग बोस'को १७औं उपाधि मुनव्वरलाई

'बिग बोस'को १७औं उपाधि मुनव्वरलाई
सुन्नुहोस्

चर्चित भारतीय टेलिभिजन रियालिटी शो 'बिग बोस' १७औं संस्करणको उपाधि मुनव्वर फारुकीले जितेका छन् । 

गएराती भएको फाइनलमा उनलाई उपाधि बिजेता घोषित गरिएको हो । मुनव्वरले ५० लाख नगद र एउटा हुन्डाई क्रेटा कार पनि उपहार पाएका छन् ।

अभिनेता सलमान खानले सञ्चालन गर्दै आएको उक्त शोको फाइलनमा अभिषेक कुमार पनि प्रतिष्पर्धी थिए । तर, भोटिङका कारण मुनव्वरले उपाधि हात पारेका हुन् । 

मुनव्वर एक स्ट्यान्डअप कमेडियन र सायर हुन् । उनका विभिन्न सायरीहरु सामाजिक सञ्जालमा भाइरल पनि छन् । यसअघि अभिनेत्री कंगना रनौटले चलाएको शो 'लकअप'को उपाधि पनि उनले जितेका थिए ।

टिप्पणीहरू